ओलीले आफ्नै निर्वाचन क्षेत्रमा हार्नेछन् : खनाल

ओलीले आफ्नै निर्वाचन क्षेत्रमा हार्नेछन् : खनाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टी का नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापास्थित आफ्नै निर्वाचन क्षेत्रबाट पनि हार्ने दावी गरेका छन् । 

शुक्रबार नेकपा एकीकृत समाजवादी काठमाडौं महानगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले यस्तो दावी गरेका हुन् । उनले ओलीले मुलुक र जनतामाथि घात गरेको भन्दै भन्दै अब झापाका जनताले पनि उनलाई नपत्याउने दावी गरे ।

ओलीलाई आकाशे खुर्सानीको संज्ञा दिँदै नेता खनालले ओलीले जनतामाथि गद्धारी गरेको आरोप लगाए । 

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी आएका कार्यकर्ताहरुलाई एकीकृत समाजवादी प्रवेश गराइएको थियो ।