काठमाडौं । सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ४ गते सार्वजनिक विदा दिने जानकारी गराएको हो । ४ गते उद्यौली र योमरी पुन्ही ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘वि.सं. २०७८ साल पौष ४ गते आइतबारका दिन उद्यौली पर्व, योमरी पुन्ही र ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट पुस १ गते बसेको बैठकको निर्णय भएको हुँदा सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।
यस्ताे छ विज्ञप्ति