हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने, के जुर्‍यो पार्टीको नाम ?

हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने, के जुर्‍यो पार्टीको नाम ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्न लागेका छन् । नयाँ पार्टीको नाम समेत जुराईसकेका छन् ।

उनले पार्टीको नाम, झण्डा, लोगो र दस्तावेजसमेत तयार भइसकेको भन्दै अब मंसिर २८ गते एक कार्यक्रमको आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने तयारीमा रहेको जानकारी दिए । 

उनको पार्टीको नाम ‘जनता प्रगतिशील पार्टी’ रहनेछ । 

उनी २०७४ सालको प्रतिनिधि सभा चुनावअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट अलग भएका उनी नेकपा (एमाले)सँग मिलेर सूर्य चिह्नबाट चुनाव लडेका थिए ।

त्यसयता स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहँदै आएका थिए । अब नयाँ पार्टी गठनसँगै आफ्नो समूहमा रहेका नेता कार्यकर्ताहरु नयाँ पार्टीमा आउने विश्वास व्यक्त गरेका छन् ।