कांग्रेस महाधिवेशन : अझै सुरु भएन मतदान, उम्मेद्वार मत माग्न व्यस्त

कांग्रेस महाधिवेशन : अझै सुरु भएन मतदान, उम्मेद्वार मत माग्न व्यस्त

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन। बिहान ८ बजे नै सुरु हुने भनिए विविध आन्तरिक तयारी नसकिएकाले हालसम्म पनि मतदान सुरु हुन नसकेको हो।मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन्। 

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहेपनि प्राविधिक कारण मतदान सुरु हुन नसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतपत्र छपाइमा केही बिलम्ब भएका कारण मतदान सुरु हुन नसकेको बताइएको छ।  

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ। मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ।