एमालेमा ओलीको गुटबन्दीले छलाङ मार्‍यो : भीम रावल

एमालेमा ओलीको गुटबन्दीले छलाङ मार्‍यो : भीम रावल

काठमाडौं । एमाले नेता भीम रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र गुटबन्दी तीब्र भएको बताएका छन्। एमालेमा विभागहरुको कार्यविभाजनलाई लिएर रावलले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्। 

उनले ट्वीटरमा लेखेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो।’

उनले ओलीको कदम देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटगत स्वार्थप्रेरित अहंताकोको नमुना भएको उल्लेख गर्दै यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुने बताएका छन्।