देउवाले आफ्नो प्यानलमा राखेपछि शशांकले दिए यस्तो प्रतिक्रिया

देउवाले आफ्नो प्यानलमा राखेपछि शशांकले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफू सभापतिका उम्मेदवार  शेखर कोइरालाकै पक्षमा रहेको बताएका छन्।  सभापतिका अर्का उम्मेद्वार शेरबहादुर देउवाले शशांकको नाम आफ्नो समूहको केन्द्रीय सदस्यको सूचीमा राखेर प्रचार गरेपछि उनले आफू शेखरकै समूहमा रहेको र देउवा समूहले भ्रम छरेको आरोप लगाएका हुन्।  

‘हामी शेखरको पक्षमा छौं, आआफ्नो रणनीति अनुसार भ्रम फैलाउन शशांकको देउवालाई समर्थन भनिएको छ,’ उनको स्वकीय सचिव भरत तिवारीले भने, ‘त्यसमा सत्यता छैन, केन्द्रीय सदस्यको प्यानलमा सबैले राखेका छन्। किन नाम समावेश गर्यौ भन्न भएन।’

यसअघि देउवा समूहले  आफ्नो प्रचार सामग्रीमा शशांक कोइरालाको नाम राखेर प्रचार गरिरहेको छ। शेखरको प्यानलका महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल शशांकनिकटका हुन्। यसअघि शशांक संस्थापनइतरबाट सभापतिका आकांक्षी थिए।

आइतबार दिउँसो शशांक कोइराला र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। भेटपछि राति अवेर देउवापक्षले कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन आफूहरुलाई रहेको भनी प्रचार गरेको थियो।