ओलीका कारण पार्टी फुट्यो, अध्यक्षको उम्मेदवारी दिएँ : भीम रावल

ओलीका कारण पार्टी फुट्यो, अध्यक्षको उम्मेदवारी दिएँ : भीम रावल

अछाम । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् । उनले दुवै नेताहरुको हठका कारण पार्टीमा यो स्थिती आएको बताए । 

नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुदे सहमतिका लागि आफूले दिनहुँ बालकोट र कोटेश्वर गरेको भएपनि नेतृत्व नै सहमतिका लागि अनइच्छुक देखिएको आरोप लगाए ।

लामो छलफल र बहसपछि १० बुँदे सहमति तयार भएपनि कार्यान्वयनका लागि नेतृत्व नै इन्छुक नदेखिएको आरोप लगाए । 

नेता रावलले १०औं महाधिवेशनताका पनि ओली र अन्य नेताहरुलाई मिलेर अगाडि बढ्नका लागि निकै कोशिस गरेको भएपनि 
ओलीबाट नै त्यसको सुनुवाई नभएको भन्दै बाध्य भएर अध्यक्षको उम्मेदवारी दिनुपरेको बताए ।

पार्टी एकताका लागि निकै जोड गरेको भन्दै नेता रावलले पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै अध्यक्षको उम्मेदवार बनेको बताए ।

एमाले महाधिवेशनमा आफूले ओलीसँग हार व्यहोरेको कुनै दुःख मनाउन नरहेको पनि चर्चा गरे । उनले चुनावमा होरेपनि नैतिक रुपमा जीत हासिल गरेको उल्लेख गरे ।