देउवा प्यानलबाट काँग्रेस महामन्त्रीमा प्रदीप पौडेल, सह–महामन्त्रीमा उमाकान्त चौधरी उम्मेदवार बन्दै

देउवा प्यानलबाट काँग्रेस महामन्त्रीमा प्रदीप पौडेल, सह–महामन्त्रीमा उमाकान्त चौधरी उम्मेदवार बन्दै

काठमडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेर बहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रदीप पौडेल, सह–महामन्त्रीमा उमाकान्त चौधरीले उम्मेदवारी दिने भएका छन् । खासमा उनीहरु नेता कृष्ण सिटौला पक्षका हुन् । 

पार्टीका १३ औं महाधिवेशनमा देउवाकाविरुद्ध सभापतिमा भिडेका सिटौला १४ औं महाधिवेशनमा भने पदाधिकारीमा २ वटा उम्मेदवारी सुनिश्चित गर्दै संस्थापन पक्षलाई सहयोग गर्ने भएका छन् । 

आज साँझ देउवा र सिटौलाबीच भएको छलफलमा सिटौलाले पदाधिकारी पाउने भएपछि सहमतिको हात अघि बढाइएको सिटौला पक्षीय विद्यार्थी नेताबलदेव तिमिल्सिनाले जानकारी दिए । 

सभापतिमा शेरबहादुर देउवालाई सहयोग गर्ने भएपछि पौडेललाई महामन्त्रीको उम्मेदवारका रुपमा आफ्नो प्यानलमा समेटेका हुन् ।