काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गर्न शेरबहादुर देउवालाई आग्रह गरेका छन् । देउवाले रामचन्द्रलाई सभापतिमा प्रस्ताव गर्ने हो भने निर्विरोध रुपमा नेतृत्व चयन हुने र कांग्रेसमा एकताको सन्देश प्रवाह हुने निधिको भनाइ छ ।
देउवाले रामचन्द्रलाई समर्थन गरिदिने हो भने आफूहरुमाथि पनि दबाव पर्ने बताउँदै निधिले भने,‘देउवाजीले यो गर्दिए हुन्थ्यो, उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न, थाहा छैन ।’
देउवाले रामचन्द्रलाई समर्थन नगरेको अवस्थामा सभापतिमा आफ्नो उम्मेदवारी भने अहिलेसम्म कायमै रहेको निधिले बताए ।