काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल लामो समयको अन्तरालमा एउटै मञ्चमा देखिने भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्रमा तीनै जना नेता उपस्थित हुने भएका छन्।
ओली सामान्य अस्वस्थ भए पनि कार्यक्रममा उपस्थित हुने बताएको महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा चलेको विवादपछि ओली र प्रचण्ड एकसाथ देखिएका छैनन्। उनीहरु सँगै नदेखिएको एक वर्ष पुगेको छ।
नेकपा विघटनपछि सोही विवाद एमालेमा कायम रहँदा टाढा(टाढा हुँदै फरक पार्टी निर्माण गरेका माधव नेपालसँग समेत ओली पाँच महिनापछि एउटै मञ्च सेयर गर्नेछन्।