५७ जिल्लाका बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको ‘मोडर्ना’ खोप

५७ जिल्लाका बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको ‘मोडर्ना’ खोप

काठमाडौं । सरकारले यही पुस ४ गतेदेखि बालबालिकाहरुलाई विद्यालयमै कोरोनाविरुद्धको ‘मोडर्ना’ खोप दिने भएको छ ।

१२ देखि १७ उमेर समूहका करिव १८ लाख बालबालिकालाई सो खोपको पहिलो चरणको खोप दिन लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । पुस ४ देखि सुरु भई १४ गतेसम्म खोप लगाइएनेछ ।

मुलुकका ५७ जिल्लाका बालबालिकालाई पहिलो चरणको खोप दिन लागिएको हो । त्यस्तै दोस्रो चरणको खोप माघ २ देखि १२ सम्म संचालिन गरिने विभागले जनाएको छ । 

खोप संचालनका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरिरहेको बताइएको छ ।

विद्यालयका बालबालिका विद्यार्थीहरुको तथ्यांक संकलन गरेर सोही अनुरुप खोप केन्द्र निर्धारण गरिने विभागले जनाएको छ । 

यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्ला बाहेकका जिल्लाहरुमा ‘मोडर्ना’ खोप दिन लागिएको हो ।