कांग्रेस महाधिवेशन : तीन हजारकाे कांग्रेसी झोला

कांग्रेस महाधिवेशन : तीन हजारकाे कांग्रेसी झोला

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहभागी प्रतिनिधिले झोला लिनुपर्नेछ । जसका लागि ्ररु तीन हजार शुल्क बुझाउनुपर्नेछ । 

तीन हजार शुल्क बुझाए सेतो रङको झोलामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन को स्टिकट टाँसिएको हुनेछ । झोलाभित्र एक दर्जन जति मास्क, महाधिवेशन अवधिभर प्रतिनिधिलाई खाना–बस्न कुपन, कापी कलम, सेनिटाइजर, कांग्रेस विधान र नियमावली रहेको छ।

कांग्रेसको १४ औं महाधिवेशन भोलि शुक्रबारदेखि सुरू हुँदैछ ।