देउवासँग नमिल्न सिटौलालाई दवाव

देउवासँग नमिल्न सिटौलालाई दवाव

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहभित्र पनि आगामी महाधिवेशनमा आफ्नै नेतृत्वमा टिम बनाउने कि अर्को समूहसँग मिल्ने भन्ने विषयमा फरक फरक धारणा रहेको पाइएको छ ।

सिटौलाले आफैं उमेदवारी दिएर दोस्रो चरणको निर्वाचनमा अघिल्लो महाधिवेशनमा जस्तै सभापतिमा शेरबहादुर देउवालाई सहयोग गर्न सकिने प्रस्ताव राखेका छन् । एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार उनी आफैं उमेदवार बन्न चाहेका छन् ।

तर भिमसेनदास प्रधानसहितका केही नेताहरुले भने उनलाई सभापतिमा देउवासँग मिलेर उपसभापति लड्न सुझाव दिएका छन् । त्यसो भएमा पहिलो चरणमै सभापतिमा जित हासिल गर्ने र कार्यवाहक भएर पार्टीमा काम गर्न सहज हुने धारणा राखेका छन् ।

अर्का प्रभावशाली नेता प्रदीप पौडेलले भने आफूलाई महामन्त्रीमा जुन समूहले उमेदवार बनाउँछ त्यो समूहसँग अघि बढ्ने र आफ्नो समूहलाई बलियो बनाइराख्न केही केन्द्रीय सदस्यमा समेत बार्गेनिङ गर्नुपर्ने धारणा राखेको स्रोतले जानकारी दियो ।