स्थायी कमिटी गठनको तयारीमा जुटे एमाले अध्यक्ष ओली

स्थायी कमिटी गठनको तयारीमा जुटे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक यही मंसिर २५ र २६ गते काठमाडौंमा बस्ने तय भएको छ। पहिलो बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँडलाई मुख्य एजेण्डा बनाउने भएको छ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार बैठकमा स्थायी कमिटी र पोलिटव्युरो कमिटी गठन, नेताको जिम्मेवारी बाँडफाँड र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनितलगायत विषयमा छलफल हुने छ। एमालेको विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो कमिटी रहने व्यवस्था छ। १०औं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ केन्द्रीय सदस्य निर्वाचित गरेको छ।

एमालेमा केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी गठन गर्ने व्यवस्था छ। एमाले विधानअनुसार केन्द्रीय कमिटीलाई स्थायी कमिटी गठन गर्ने अधिकार भएकाले सोही अनुरुप अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक गृहकार्य थालेका छन्। स्थायी कमिटीमा कसलाई राख्ने भन्ने विषयमा ओलीले छलफललाई तीब्रता दिएको एमाले स्रोतले बताएको छ।

उनले यतिबेला दिनहुँजसो आफू निकट नेताहरूसँग स्थायी कमिटीलगायत विषयमा छलफल गरिरहेका छन्। महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारी भने स्वतः स्थायी कमिटीमा पर्नेछन्। बाँकी २६ जनाको टुंगो लगाउन ओली छलफलमा जुटेका हुन्। अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल