कांग्रेस अधिवेशन : ६ प्रदेशको नतिजा सार्वजनिक हुँदा संस्थापन पक्षको वर्चस्व

कांग्रेस अधिवेशन : ६ प्रदेशको नतिजा सार्वजनिक हुँदा संस्थापन पक्षको वर्चस्व

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको प्रदेश अधिवेशन ६ प्रदेशमा सम्पन्न भएको छ ।  ती प्रदेशमा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । जसअनुसार प्रदेश १ मा उद्धव थापा, बागमतीमा इन्द्र बानियाँ, गण्डकीमा शुक्रराज शर्मा, लुम्बिनीमा अमरसिंह पुन मगर, कर्णालीमा ललितजंग शाही निर्वाचित भएका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रेमबहादुर बलायर विजयी भएका छन् । प्रदेश १ मा विजयी भएका थापा देउवा पक्षका हुन् भने बागमती, कर्णाली र सुदूरपश्चिममा विजयी क्रमशः बानियाँ, शाही र बलायर पनि देउवा पक्ष नै हुन् । यस्तै गण्डकी र लुम्बिनी प्रदेशमा विजयी शर्मा र पुन पौडेल पक्षका हुन् ।

प्रदेश २ मा भने केही जिल्लाका पालिकाहरुमा अधिवेशन हुन नसक्दा प्रवेश अधिवेशन नै हुन सकेको छैन । मंसिर १५ मा अधिवेशन उद्घाटन भएपनि बाँकी प्रक्रिया भने अघि बढ्न नसकेको हो।  

यसैबीच कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।