एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न, के गर्यो निर्णय ?

एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न, के गर्यो निर्णय ?

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक चितवनको सौराहामा सम्पन्न भएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ । 

बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका थिए । पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । 

ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मङ्सिर २५ र २६ गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेका छन् ।