चितवन । एमालेमा सहमतिको प्रयास असफल भएपछि आइतबार राति ४ बजेदेखि मतदान सुरू भइरहेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि चुनाव भएको हो। मंगलबार सवा ६ बजेसम्म ७०० जनाले मतदान गरेका छन्। भोटिङ सेसनमार्फत भोट हाल्न हाल्न सकिन व्यवस्था गरिएको छ। एक पटकमा ६९ जनाले भोट गर्न सकिने जनाइएको छ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन्। ६ वटा उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे‚ युवराज ज्ञवाली‚ सुवासचन्द्र नेम्बाङ, रामबहादुर थाप र घनश्याम भुसाल चुनावी मैदानमा छन्।
यस्तै‚ सात सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट‚ पद्मा अर्याल‚ भीम आचार्य र टंक कार्कीले उम्मेदवार छन्। ओली बनाएकार सर्वसम्मतको सूचीमा भीम आचार्य र टंक कार्कीको नाम समावेश थिएन।
चुनावमा उठेका केही उमेदवारको नाम र उनीहरुले प्रतिस्पर्धा गरेको पदसहितको नामावली उल्लेख गरिएको लिस्ट प्रिन्ट गरेर भोट नहाल्न भन्दै मतदातलाइ वितरण गरिएको छ । जसमा अध्यक्षका उमेरदवार भीम रावल, उपाध्यक्षका उमेदवार घनश्याम भुसाल तथा भीम अचार्य, टंक प्रसाद कार्की लगायतको नाम छ ।