करेन्ट लागेर गैंडाकोटमा एकजानको मृत्यु

करेन्ट लागेर गैंडाकोटमा एकजानको मृत्यु

नवलपुर : करेन्ट लागेर नवलपरासीको गैंडाकोटमा गएराति एक जनाको मृत्यु भएको छ । पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारूको नांगो तारमा प्रवाह भइरहेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।