पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा टीका ग्रहण

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा टीका ग्रहण

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाएका छन्।

उनले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन्। शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा  लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए।

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ। टीकापछि उनले आफ्नो फेसबुक वालमा सामुहिक तस्वीर सार्वजनिक गरेका  छन्।