चीनले दियो नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप

चीनले दियो नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप

काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानका दिएको छ । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् ।

सो कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चालू आर्थिक वर्षमा सबै  नेपालीलाई खोप पु¥याउने उद्देश्यका साथ अगाडि बढीरहेका बेला चीनले नेपाललाई थप १६ लाख डोज अनुदानमा खोप दिएर सहयोग गरेकोमा अभार व्यक्त गरे । उनले हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रूपमा उपलब्ध गराएको पनि जानकारी दिए ।

त्यस्तै, चिनियाँ राजदूत यान्छीले पनि नेपाल सरकारलाई कोभिडविरुद्ध लड्न आवश्यक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन् । 

अब २ दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराउने पनि यान्छीले जानकारी दिइन् । 

नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत् १ करोड कोभिडविरूद्धको खोप ल्याइसकेको कार्यक्रममा यान्छीले बताईन् । 
उनले नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको सहयोग गर्ने पनि प्र्र्रतिवद्धता व्यक्त गरिन् ।