ईपीएलको फाइनलमा आज चितवन र पोखरा भिड्दै, विजेताले ५० लाख रूपैयाँ प्राप्त गर्ने

ईपीएलको फाइनलमा आज चितवन र पोखरा भिड्दै, विजेताले ५० लाख रूपैयाँ प्राप्त गर्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको फाइनल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने फाइनलमा पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् ।

समूह चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पोखरालाई नै हराउँदै चितवनले फाइनल यात्रा तय गरेको थियो । दोस्रो स्थानमा रहेर क्वालिफायरसम्म पुगेको पोखरा पराजित भएको थियो । दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता भैरहवा ग्लाडिएटर्सलाई हराउँदै पोखराले अन्ततस् फाइनलमा स्थान सुरक्षित गर्‍यो ।

चितवनका कप्तान सोमपाल कामीलेआज हुने फाइनल आफूलाई प्रमाणित गर्ने अवसर रहेको बताएका छन् ।

प्रतियोगिताको विजेताले ५० लाख रूपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेताले १५ लाख रूपैयाँ पाउने छन् । नेपाली क्रिकेटमा कुनै पनि प्रतियोगिताको विजेताले पाउने यो अहिलेसम्मकै ठूलो राशी हो ।