एकै दिन ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

एकै दिन ३ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । कोरोनाविरुद्धको खोप आज एकै दिन ३ लाख बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभर लगाइएको कोरोनाविरुद्धको खोपबाट ३ लाख १२ हजार ८७४ जना लाभान्वित बनेका हुन् । एकै दिन खोप लगाउनेको यो संख्या हालसम्मकै उच्च हो । 

नेपालमा कोभिसिल्ड, अक्सफोर्ड एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप उपयोगमा आएका छन् । जसमध्ये अमेरिकन खोप जोन्सन एन्ड जोन्सन एक मात्रा लगाए पुग्छ । 

मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ६५ हजार ५२ जनाले कोरोनाविरुद्धको पूर्णखोप लगाएका छन् । जुन कूल जनसंख्याको भने  २८.३ प्रतिशत रहेको छ । त्यस्तै पहिलो मात्रा खोप लगाउनेको संख्या ६७ लाख ९३ हजार ४५६ रहेको छ, जुन ३१.२ प्रतिशत हो ।