विस्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ

विस्फोटक पदार्थसहित विप्लव  कार्यकर्ता पक्राउ

बाजुरा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको सूचनाको आधारमा उनीहरूलाई गौमुल गाउँपालिका ३ माझपालीबाट हिजो दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए ।

पक्राउ परेकाहरुको साथबाट हातहतियार र विस्पोटक पदार्थ समेत बरामद भएको भाटले बताए । पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको बताइएको छ । पक्राउपरेकाहरुमाथी थप अनुसन्धान भइरहेको बताइएको छ ।