भारतीय दूतावास अगाडी शाही युवा शक्ति नेपालको प्रदर्शन (भिडियोसहित)

भारतीय दूतावास अगाडी शाही युवा शक्ति नेपालको प्रदर्शन (भिडियोसहित)

काठमाडौँ : भारतले नेपाली भूभाग मिचेको विरोधमा शाही युवा शक्ति नेपालले काठमाडौंस्थित भारतीय दूतावास केन्द्रित विरोध प्रदर्शन गरेका छन् । उनीहरूले लैनचौर स्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएपछि नेपालभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ । प्रदर्शनलाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले सबै नेपाली मिलेर सीमा रक्षा गर्नुपर्ने बताए ।

https://www.youtube.com/watch?v=BjxxgLQwiTY&feature=youtu.be

भारतको विस्तारवाद नेपाली जनतालाई अस्वीकार्य भएको बताए । उनले लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले भारतीय विस्तारवाद मुर्दावाद , भारतीय राजदूत राजीनामा दे , जस्ता नारा लगाएका थिए ।