पूर्वराजा दम्पतीलाई स्वास्थ्यमा समस्या  दिन थालियो अक्सिजन

पूर्वराजा दम्पतीलाई स्वास्थ्यमा समस्या  दिन थालियो अक्सिजन

काठमाडौं। कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनीहरूको स्वास्थ्यमा समस्या देखिएपछि अक्सिजन सपोर्ट दिएर उपचार भैरेहेको जनाइएको छ।

कोभिडको विरामी र उमेरका कारण पनि राजदम्पत्तीलाई अक्सिजन सपोर्ट दिएर उपचार थालिएको बताइएको छ । पूर्वराजा शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।

हरिद्वारमा भएको कुम्भ मेलामा सहभागि भएर फर्केलगत्तै पूर्वराजदम्पतीलाई कोरोना संक्रमण भएको थियो। शाहलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।

छुटाउनुभयो कि ?