विदेशबाट पैसा पठाउदै हुनुहुन्छ ?यस्तो छ आजको विनिमय दर

काठमाडौं : शुक्रबार ओमानी रियाल, कोरियन वन र मलेसियन रिंगिटको भाउ केही पैसाले बढेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ भने घटेको छ ।शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो डलरको खरिददर ११३ रुपैयाँ २८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८८ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा रहेको थियो । आज शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा रहेको थियो ।

 आज ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ६५ पैसा रहेको थियो । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९९ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रीदर ३१  पैसा रहेको थियो । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४६ पैसा बिक्रीदर २७ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो हिजो खरिददर २७ रुपैयाँ ३८ पैसा बिक्रीदर २७ रुपैयाँ ५३  पैसा रहेको थियो  । 

वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको थियो ।कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८९ पैसा रहेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०२ पैसा थियो ।यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ९५ पैसा रहेको छ । हिजो खरिददर ३०० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ०६  पैसा रहेको थियो ।