कोरोना भाइरस भारतबाटै विश्वभर फैलिएको चिनियाँ वैज्ञानिकको दाबी

कोरोना भाइरस भारतबाटै विश्वभर फैलिएको चिनियाँ वैज्ञानिकको दाबी

नयाँ दिल्ली । चिनियाँ वैज्ञानिकको समूहले पहिलोपटक भारतबाट कोरोना भाइरस फैलिएको दाबी गरेका छन्। भारतीय सञ्चारमाध्यम नव भारत टाइम्सका अनुसार चिनियाँ एकेडेमी अफ साइन्सका वैज्ञानिकहरूको समूहले कोरोना भाइरस भारतमा गर्मी मौसममा २०१९ मा फैलिएको थियो। वैज्ञानिकहरूका अनुसार कोरोना भाइरस जनावर र फोहोर पानीबाट मानिसमा पुगेको थियो। त्यसपछि भारत हुँदै चीनको वुहान पुग्यो र त्यहाँ कोरोना भाइरसको पहिचान भएको थियो।

चिनियाँ वैज्ञानिकहरूले भनेक छन्,'खराब स्वास्थ्य प्रणाली र युवाहरूको कारण कोरोना भाइरस सम्पर्क नआएका मानिसमा यो रोग सरेको थियो।' अहिले दोस्रो मुलुकका वैज्ञानिकले चिनियाँ वैज्ञानिकले गरेका दाबी गलत भएको बताएका छन्। बेलायतको ग्लास्गो विश्वविद्यालयका विशेषज्ञ डेबिड रोबर्टसनले भनेका छन्,' चिनियाँ वैज्ञानिकले गरेका अनुसन्धान गलत छन्। यसले कोरोना भाइरसको बारेमा कुनै पनि जानकारी दिएको छैन।'

विश्व स्वास्थ्य संगठनले चीनमा कोरोना भाइरसको स्रोत पत्ता लगाउने काम गरिरहेको छ। यसको लागि संगठनले परीक्षण,खोज तथा अनुसन्धानको लागि आफ्नो प्रतिनिधिहरू पठाएको छ। कोरोना भाइरसको पहिलो संक्रमण गत वर्षको डिसेम्बरमा वुहान प्रान्तमा फेला परेको थियो।