घरायसी झगडाको कारण आमाको मृत्यु, छोराको उपचार हुँदै

घरायसी झगडाको कारण आमाको मृत्यु, छोराको उपचार हुँदै

पर्सा : पर्सामा घरायसी झगडाको कारण आवेगमा आएर आफूसहित छोरोलाई पनि मार्ने प्रयास गर्दा आमाको मृत्यु भएको छ। तीन वर्षीय छोरा कलिमन पटेलको भने पर्साको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

आफू र सानो छोरालाई पनि बीष खुवाएर आत्महत्याको प्रयास गर्दा पर्साको वीरगन्ज २४ बहुअरीकी राधिका देवीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ। मृतक राधिकाका ३ वर्षीय छोरा कलिमनको भने स्थानीय नेशनल मेडिकल कलेजमा उपचार भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए।

मृतक राधिकाको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको छ भने बिष सेवनबाट गम्भीर भएका दुवै आमा छोरालाई सुरुमा वीरगन्जको तराई हस्पिटलमा उपचारका लागि ल्याएकोमा राधिकाको त्यहि मृत्यु भएको र बच्चालाई भने नेशनल मेडिकल कलेजको आइसियुमा राखेर उपचार भइरहेको छ। बच्चाको अवस्था केही सुधारोन्मुख रहेको अस्पतालले जनाएको प्रहरी नायव उपरिक्षक शाहीले बताए। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ।