घुस लिएकाे आराेपमा प्रमुख प्रशासक र उप–प्रशासक पक्राउ

घुस लिएकाे आराेपमा प्रमुख प्रशासक र उप–प्रशासक पक्राउ

काठमाण्डौ : गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मी घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई काठमाण्डौको त्रिपुरेश्वरमा रहेको कार्यालयबाटै पक्राउ गरेको हो । काठमाण्डौ महानगगरपालिका १ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको उनीहरुमाथि आरोप लागेको छ ।