काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सुविधा लिएको भन्दै तनहुँका एक जना शिक्षिकामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
तनहुँको जोरपोखरीस्थित जनशिशु कल्याण प्राथमिक विद्यालयमा कार्यरत शिक्षिका तिलमाया गुरुङविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । गुरुङले भारतको विहार संस्कृत शिक्षा बोर्ड पटनाबाट मध्यमीक तहको झुठ्ठा शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई सरकारी सुविधा तथा लाभ लिएको भन्दै उनीविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।