काठमाण्डौँ : नेपाल वायु सेवा निगमको राष्ट्रिय
ध्वजावाहक (नेपाल एयरलाइन्स) सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’
प्राप्त गर्न सफल भएको छ ।‘एयरलाइन्स कृटिज एण्ड ब्लगर एशोसिएसन’ले निगमले
गुणस्तरीय सेवा पुरयाएबापत सोे सम्मान प्रदान गरेको हो । एशोसिएशनद्वारा
आज यहाँ आयोजित कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सो
सम्मान ग्रहण गर्नुभयो ।
एशोसिएशनले अन्तरराष्ट्रिय उडानका विभिन्न सेवामा निगमले पुरयाएको
सेवालाई समेटेर भिडियो सामग्री तयार गरेको र मतका आधारमा निगमले उत्कृष्ट
सम्मान जित्न सफल भएको निगमका सहप्रवक्ता सुुलेख मिश्रले जानकारी दिए ।
चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, समीक्षक, यात्रु र उड्डयन
पत्रकारले गरेको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो सम्मान दिइएको
एशोसिएशनका अध्यक्ष टिपियस ग्रोबरले जानकारी दिए ।
वायुसेवा कम्पनी कर्मचारी र चालक दलले यात्रुलाई गर्ने व्यवहार, यात्रु
सेवा, विमानभित्र प्रदान गरिने खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा,
आरामदायी सिट, मूल्यलगायत मापदण्डका आधारमा सो पुरस्कार छनोट गरिन्छ ।
यसअघि थाइ एयर र फिन एयरले सो सम्मान प्राप्त गरेका थिए ।