काठमाण्डौँमा मंगलबारवाट दुर्घटना कम गर्न तीन महिने ट्राफिक उज्यालो अभियान सुरु

काठमाण्डौँमा मंगलबारवाट दुर्घटना कम गर्न तीन महिने ट्राफिक उज्यालो अभियान सुरु

काठमाडौं : काठमाण्डौँ महानगरीय ट्राफिक प्रहरी कार्यालय महाशाखाले मंगलबारवाट ट्राफिक उज्यालो अभियान कार्यक्रम शुरु गरेको छ ।

सवारी आवागमनलाई सहज वनाउदै सम्भावित दुर्घटनालाई कम गर्न ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न महाशाखावाट मंगलबारवाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियानको उद्देश्य ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्‍याउने, सडक दुर्घटनालाई न्यूनिकरण गरी धनजनकोे क्षति कम गर्ने र काठमाण्डौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले अभियान प्रारम्भ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापाले कानुनलाई आत्मासाथ गर्ने प्रबृत्तीलाई प्राथमिकतामा राखि सडकमा हुने लापरवाहीलाई न्यूनिकरण गर्न सवै सचेत रहनुपर्नेमा जोड दिए । उनले सवारी दुर्घटनाको कारण सधै चालक र सहचालकको गल्तीवाट मात्रै नभएर सडकलाई गलत तरिकावाट निर्माण गर्नु पनि दुर्घटनाको मुख्य कारण रहेको वताए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले महाशाखा तथा मातहतवाट सिनियर, जुनियर प्रहरी अधिकृत र प्रहरी जवानहरु गरी जम्मा १ सय ३० जना ट्राफिक प्रहरीलाई अभियानमा खटाइने जानकारी गराएका छन् ।