काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका छन् । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार १२ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेका हुन् ।
आजको बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश साह, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नी सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देवेन्द्र पौडेल, पम्फा भुसाल र देव गुरुङले धारणा राखेका थिए ।
छलफलमा सहभागि अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टीको संगठन निर्माणलाई अझ सुदृढ ढंगले अगाडि बढाइए विधि र पद्दतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेताहरुले पार्टी्भित्रको गुटबन्दी तथा भ्रष्टीकरणलाई अन्त्य गर्ने सम्बन्धमा समेत आ–आफ्नो राय प्रस्तुत गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए । भोली बिहान ११ बजे पुनः बस्ने गरी सोमबारको बैठक सकिएको छ ।