बलात्कार आरोपी सिद्धबाबालाई थप ७ दिन ‘थुना’मै राख्न अनुमति

सुनसरी : जिल्ला अदालत सुनसरीले जवरजस्ती करणी (बलात्कार)को आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।यसअघि थपिएको ३ दिनको म्याद सकिएपछि प्रहरीले सोमबार सिद्धबाबालाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।

अदालतले गिरीमाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको हो । सुनसरीको चतरास्थित उनकै आश्रममा रहेकी एक महिला (अनुयायी)ले सिद्धबाबा भनिने गिरीमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।