विश्वकै दुर्लभ एकसिङ्गे गैँडा चोटपटक नै नलागी ४३ वटा मरे

विश्वकै दुर्लभ एकसिङ्गे गैँडा चोटपटक नै नलागी ४३ वटा मरे

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मरेका छन् । चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा प्राकृतिक कारणले मरेका हुन् ।पछिल्लो समय यही मङ्सिर १८ गते बुधबार भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृ’त अवस्थामा भेटिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र सिसुवारमा भेटिएको उक्त गैँडाको खाग र खुर सुरक्षित थियो र शरीरमा कुनै चोटपटक पनि भने लागेको थिएन । निकुञ्जमा यसअघि विष प्रयोगबाट गैँडा म’रेको घटना बाहिर आए पनि फुड पोइजनका कारण कुनै पनि गैँडा मरेको तथ्य थिएन ।अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा ४३ वटा गैँडा चितवन निकुञ्जमा कालगतिले नै मरेको निकुञ्जले तथ्याङ्क सार्बजनिक गरेको छ । यो सङ्ख्या २०७४÷०७५ मा २६, २०७३÷०७४ मा २५ वटा थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक रामचन्द्र आचार्यको नेतृत्व टोलीले गत वर्ष निकुञ्जमा गैँडा मर्नुका कारण अध्ययन गरेको भए पनि यसको यकिन कारण बाहिर सार्वजनिक गरेको पाइँदैन तर केही विज्ञले भने बासस्थानकै कारण समस्या भएको आँैल्याउँदै आएका छन् । अहिले पनि अफ्रिकादेखिका वन्यजन्तु विशेषज्ञ बोलाएर स्थलगत अध्ययन भइरहेको उपमहानिर्देशक आचार्यले बताएका छन् ।