धनुषामा बम राखेको आशंकामा दुई जना पक्राउ

धनुषामा बम राखेको आशंकामा दुई जना पक्राउ

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी बम राखेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले दुई जना पक्राउ परेको पुष्टि गरेका छन् । पक्राउ परेका उनीहरुले घटनाको बारेमा केही बताउन चाहेका छैनन् । पक्राउ परेकामध्ये एक जना नेत्रबिक्रम चन्द नेतृत्वको कार्यकर्ता रहेको बताइएको छ । महेन्द्रनगरस्थित राजेश साहको घरको गेटमा राखिएको बम पड्किँदा साहसहित उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो ।