सरकारी गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु एक गम्भीर घाईते

सरकारी गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु एक गम्भीर घाईते

सिन्धुली : सिन्धुलीको मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका(६ देउरालीटारमा सरकारी गाडीले ठक्कर दिँदा शुक्रबार राति एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका(७ सुकाजोरका वर्ष ५० का शिवबहादुर कार्की छन्।

हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ६९८५ नं को सुमो अचानक सिलिप खाएको र सुमो रोकेर किन सिलिप खायो भनेर हेर्न जाने क्रममा सोही दिशाबाट आउँदै गरेको पूर्वाधार विकास कार्यालय रामेछापको प्रदेश ३(०१(००२झ ४६९९ नं को गाडीले ठक्कर दिँदा सुमो चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए।

उनको उपचारका क्रममा खुर्कोटमा रहेको शुभजिवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। सुमोमा सवार सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका(२ का कमल खड्का घाइते भएका छन्। उनको बायाँ कम्मर र गालामा गम्भीर चोट लागेको छ । उनको अहिले नर्भिक अस्पताल काठमाडौंमा सघन कक्षमा उपचार भइरहेको बताइएको छ ।