शनिबारदेखि काठमाडौंमा साइकल यात्रुका लागि छुट्टै लेन

शनिबारदेखि काठमाडौंमा साइकल यात्रुका लागि छुट्टै लेन

काठमाडौंः काठमाडौं महानगरपालिकाले शनिबार देखी सडक पेटीमा यसअघि नै छुट्याइएको डेडिकेटेट लेनलाई महानगरपालिकाले साइकल लेन तोकेको हो। माइतीघरदेखि बानेश्वर हुँदै कोटेश्वरसम्मको २।५ किलोमिटर खण्डमा फुटपाथमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साइकल लेन उद्घाटन गर्दै काठमाडौं उपत्यकालाई साइकलमैत्री बनाउने अभियानको थालनी ‍‍‍भएको बताए।

सडकको दायाँबायाँ रहेका साइकल लेनको चौडाइ ७ फिट ६ इन्च फराकिलो रहेको छ। साइकल लेनका लागी महानगरले लागि दुई करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। चुनावी घोषणापत्रमा काठमाडौं महानगरपालिकालाई साइकल सिटी बनाउने घोषणा गरेका महानगर प्रमुख शाक्यले यो लक्ष्य पुरा गर्न सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए। सडक विभाग, ट्राफिक प्रहरी र अन्य सरोकार निकायको सहयोगले मात्र यस अभियानलाई सफल बनाउन उनले बताए ।

त्यसैगरी, सबै प्रकारका सवारीसाधनलाई छुट्टाछुट्टै वा संयुक्त मार्गको व्यवस्था गर्ने र यसमा पनि वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने योजना रहेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।