चितवनमा बस पल्टिँदा १३ जना घाइते

चितवनमा बस पल्टिँदा १३ जना घाइते

चितवन : पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । शुक्रबार करीब बिहान ११ः१० बजे तिर दुर्घटना भएको हो । वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नं को बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । उक्त बसमा २३ जना सवार रहेका थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन् । उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।