खोटाङमा आपसी झगडा हुदा एकको मृत्यु तीन फरार

खोटाङमा आपसी झगडा हुदा एकको मृत्यु तीन फरार

खोटाङ : खोटाङमा आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ। बिहिबार राति भएको विवादका क्रममा कुटाकुट हुँदा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लो चिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समुहसँग भएको झगडाका क्रममा टाउकोमा मुस्ली प्रहार हुँदा गम्भीर घाइते भएका रमेशको हलेसी क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए ।

घट्नामा संलग्न तीनै जना फरार छन्। उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको जनाइएको छ। घट्ना बारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको डिएसपी गौतमले बताए। प्रहरीका अनुसार शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल लगिँदै छ।