झापामा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

झापामा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ

झापा : झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक÷एक जनालाई पक्राउ गरेको हो ।

बिहीबार बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ वर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

त्यस्तै इलामको चुलाचुली घर भई हाल झापाको कमल गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय दीपेश तामाङको कोठाबाट नौ दशमलव २० ग्राम खैरो हेरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।