तस्बिरमा ‘योमरी पुन्ही’

तस्बिरमा ‘योमरी पुन्ही’

काठमाडौँ: आज मार्ग शुक्लपक्ष थिंलाथ्व नेवार समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन् । ‘योमरी पुन्ही’ (पूर्णिमा) पनि भनिने यस दिन घरघरमा योमरी चढाएर देवीदेवताको पूजा गर्ने चलन छ । योमरी चामलको पिठोबाट बनाइने परिकार हो ।

यसभित्र चाकु वा खुवा राखिएको हुन्छ । जाडोयाममा योमरीले शरीरमा ताप पैदा गर्ने भएकाले यसलाई स्वास्थ्यवर्द्धक पनि मानिन्छ ।यस उपलक्ष्यमा छोरी तथा ज्वाइँलाई बोलाएर नखत्याको रूपमा योमरी खुवाउने प्रचलन नेवार समुदायमा पाइन्छ । त्यस्तै योमरी पुन्हीको अवसर बाहेक छोराछोरीको उमेर दुई र चार वर्षको जन्मदिनमा योमरी र लोंचा मरीको माला लगाइदिने चलन नेवार समुदायमा अझै कायम छ ।

यस दिन ‘योसिं त्यो बकसिं’ नेवारी गीत गाउँदै, नाच्दै योमरी माग्न आउने युवायुवतीलाई योमरी दिएर खुसी पार्ने परम्परा छ । यस्तै आजै आज) १६ औँ राष्ट्रिय ज्यापू दिवस पनि विविध कार्यक्रम गरी मनाइँदै ।ज्यापू संस्कृति विकास कोषले परम्परागत मौलिक संस्कृति र धार्मिक महत्त्व बोकेका सम्पदाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न हरेक वर्ष ज्यापू दिवस मनाउँदै आएको छ ।

‘योमरी पुन्ही’ को अवसरमा काठमाडाैंकाे वसन्तपुरमा देखिएका दृश्यलाई नेपाल डेली कर्मी सुजन कोइराला र जिवस परियारले कैद गरेका छन् । हेर्नुहोस् तस्बिरमा :