हुम्लामा टिपर दुुर्घटना हुदाँ २ जनाको मृत्यु, २ घाईते

हुम्लामा  टिपर दुुर्घटना हुदाँ २ जनाको मृत्यु, २ घाईते

हुम्ला : हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका ५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना भएको छ । हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा ५ खा ५३४४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

प्रहरीका अनुसार दुरघटनामा परी मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । सञ्चारले राम्रो काम नगरेकोले विस्तृत जानकारी नआएको प्रहरीको भनाइ छ । घटना स्थलमा प्रहरी पुगिसकेको र दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको । जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहदुर सिहंले जनाकारी दिएका छन् । यस अघि पनि हुम्लामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो ।