ऐतिहासिक रूपमा महामारीले सिकाएका पाँच पाठ

ऐतिहासिक रूपमा महामारीले सिकाएका पाँच पाठ

पृष्ठभूमि : सन् १६३५ मा बेलायतमा फैलिँदो वेवोनिक प्लेगको महामारीबाट बचाउन क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आ-आफ्नो घर पठाइन्छ । जसमध्ये एक थिए, आइज्यास न्युटन । उनी महामारीबाट जोगिन आफ्नो गाउँको कृषि फर्ममा बस्न पुग्छन् । भनिन्छ, त्यही फर्मको स्याउ बगैंचामा बोटबाट स्याउ भुइँमा झरेको दृश्यबाट प्रेरित भएर पछि उनले गुरुत्वाकर्षणको सिद्धान्त (Theory of Gravity) प्रतिपादन गर्न पुगे ।

१. क्वारेन्टाइनमा बस्ने : सन् १३७७ जुलाईमा ब्ल्याक डेथको महामारीबाट आफ्ना नागरिक बचाउन इटालियन सिटी रगुसाले पहिलो क्वारेन्टाइन क़ानुन पास गरेको थियो । त्यतिबेला रगुसा छिर्नेलाई १ महिनाको क्वारेन्टाइन अनिवार्य गरिएको थियो ।

२. सामाजिक दूरी क़ायम गर्ने : सन् १६२९-३१ को इटालियन प्लेगदेखि सामाजिक दूरी कडाइका साथ अपनाउन थालियो । पसलेहरूले साना साना झ्यालबाट सामान बेच्थे । फ्लोरेन्स सहरमा मात्रै १५० वटा वाइन विन्डो बनाइएका थिए । यसैबाट प्रेरित भएर कोभिड-१९ को संक्रमणका बेला न्युयोर्क सहरका बारहरूले कक्टेलबाट आफ्नो ब्यापार चलाए ।

३. मास्क लगाउने : मास्क सुरूमा मुख्यतः नाक छोप्ने गरी लगाइन्थ्यो, दुर्गन्ध नआओस् भनेर । पछि त नाक मुख दुवै ढाक्ने गरी लगाउन थालियो । सन् १९१८ को महामारीका बेला डाक्टरहरू बिरामीसँगको दूरी क़ायम गर्न चराको ठुँडजस्तो लामो नाक भएको मास्क लगाउँथे ।

४. हात धुने र भुइँ सफा राख्ने : पहिले-पहिले हात धुने कुरो ठूला बडाको शानका रूपमा हेरिन्थ्यो । तर महामारीले सर्वसाधारणलाई पनि हात धुन सिकायो । बाथरूममा सेता टलक्क टल्कने मार्बल राखेको पनि फोहोर झरे सेतोमा देखिहालिन्छ र तुरून्तै सफा गर्न सकिन्छ र महामारी फैलिन पाउँदैन भनेर रहेछ ।

५. स्वच्छ हावा : सन् १९१८ को स्पेनिस फ़्लुका बेला स्वच्छ हावा हुने ठाउँमा स्कुल सञ्चालन गर्ने चलन जर्मनीले चलायो । भनिन्छ, सिटी प्लानरहरूले सहरमा प्रशस्त हरियाली र खुल्ला बगैंचाहरू निर्माण गर्ने चलन सहरको सुन्दरता कायम राख्नका अतिरिक्त यस्तै महामारीबाट बचाउनका लागि पनि हो रहेछ ।

इतिहासबाट सिकौं । कोरोनाबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔं ।

(स्रोत : इतिहास डट कम र गुगल)