चितवनमा बँदेलको आक्रमणबाट ३ जना गम्भीर घाइते

चितवनमा बँदेलको आक्रमणबाट  ३ जना गम्भीर घाइते

चितवन : चितवनमा बँदेलको आक्रमणबाट ३ जना गम्भीर घाइते भएका छन् ।आफ्नै बारीमा काम गरिरहेका उनीहरूलाई बिहान १० बजे एक्कासि बँदेलले आक्रमण गरेको हो । भरतपुर महानगरपालिका १३ गङानगरका ७६ वर्षीय केबी राई, ७१ वर्षीय कुमारी तामाङ र ३८ वर्षीय मोर्ते दर्जी घाइते भएका हुन्।

घाईते तीनैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पछिल्लो समय जंगली जनावर र मान्छेबीच द्धन्द बढिरहेको छ। झापा, उदयपुर, बर्दिया, कञ्चनपुरलगायतका जिल्लामा जंगली हात्तीको आतंक बढिरहेको छ । त्यस्तै बैतडीका कतिपय गाउँमा चितुवा आतंकका बढिरहेको छ । कञ्चनपुरको महाकाली नगरपालिकामा बुधबार मात्रै जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो।