बिहेमा गएका युवा नहरमा मृत भेटिए

बिहेमा गएका युवा नहरमा मृत भेटिए

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् ।

आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका गरीएको छ । घटनास्थलको प्रहरीे टोली मचुल्का गरिरहेको छ । घटनास्थलमा प्रहरीले गम्भीर अनुसन्धान शुरु गरेको छ ।