स्काभेटर सडकबाट खस्दा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

स्काभेटर सडकबाट खस्दा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका–२, तिखातलमा सडकबाट खसेर ब्याकहो लोडर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, तीनजना गम्भीर घाइते भएका छन् । सदरमुकाम चरिकोटबाट दोलखा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको जेसिभि कम्पनीको ब्याकहो लोडर राति बुधबार बेलुकी साढे आठ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परि चालक कालिन्चोक गाउँपालिका –४ चिउरीखर्क घर भएका चालक २२ वर्षीय राजकुमार थामी, बिगु गाउँपालिका –७ अम्बा टोलका २७ वर्षीय बिजय श्रेष्ठ र भीमेश्वर नगरपालिका–२ का १६ वर्षीय सुमन थामी घाइते भएका छन् । गम्भीर घाइते भएका राजु थामीको उपचारको क्रममा राति नौ बजे नै मृत्यु भएको र उनको शवलाई हाल प्राथमिक स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन्। घाइतेहरुै तिनै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।