काठमाडौं : डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन २० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
सडक निर्माणअन्तर्गत रनिङ बिलको भुक्तानीका लागि ठेकेदारसँग मागेको २० लाख घुससहित श्रेष्ठ र महर्जन काठमाडौंबाट पक्राउ परेका हुन् ।
बिल भुक्तानीका लागि डिभिजन सडक प्रमुखले घुस रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको प्रधान कार्यालय काठमाडौंबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।