पर्सामा घरेलु मदिरा भट्टी नष्ट

पर्सामा घरेलु मदिरा भट्टी नष्ट

वीरगञ्ज : पर्सामा अवैध रुपमा सञ्चालित पाँचवटा मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । मंगलबार सखुवा प्रसौनी गाउँपालिकामा अवैध रुपमा सञ्चालित घरेलु मदिरा भट्टी नष्ट गरेको हो । पर्सा सखुवाप्रसौनी २ महुवन बस्ने वीरेन्द्र चमार, ओम कलवार, जटा शंकर कलवार, मगर माझी र सुगेन्दर माझीले सञ्चालन गरेको मदिरा भट्टी नष्ट गरिएको हो।

इलाका प्रहरी कार्यालय पोखरीया र पटेर्वासुगौलीबाट संयुक्त टोली मदिरा भट्टी नष्ट गर्न महुवन टोलीले घरेलु मदिरा ५० लिटर र एक हजार पाँच सय लिटर मदिरा बनाउन राखिएको कच्चा पदार्थसमेत नष्ट गरिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।