परमेश्वरले बचाउँछ भन्दै ९ जना एचआईभी संक्रमितले छाडे औषधि

परमेश्वरले बचाउँछ भन्दै ९ जना एचआईभी संक्रमितले छाडे औषधि

चितवन : चितवनमा नौ जना एचआईभी संक्रमितले औषधी खान छाडेका छन् । पछिल्लो तीन महिनामा मात्रै नौ जनाले पिता परमेश्वरले बचाउँछ भनेर नियमित औषधि खान छाडका हुन् । उनीहरुलाई जति सम्झाए पनि नसकिएको उनको भनाइ । एन्टिरेट्रो भाइरल थेरापी ९एआरभी० छोड्नेहरू माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाकाका छन् ।

एचआईभी संक्रमितले औषधि छोड्न थालेपछि यसलाई नयाँ चुनौतीको रुपमा लिन थालिएको सापकोटाले बताए । औषधी छाडेकाहरु संगतिमा जान थालेका छन् । ध्यान गरे एचआईभी संक्रमण हट्छ भन्ने भ्रम उनीहरुको दिमागमा पारिएको भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसन ९एएचएफ० चितवनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले बताए ।

एचआईभी एड्सको संक्रमण युवा पुस्तामा भन्दा ४० बर्ष कटेका अधवैशे मानिसहरुमा एचआईभीको संक्रमण बढी देखिएको तथ्यांक सेन्टरमा रहेको छ । ‘युवाहरुलाई भन्दा बढी ४० कटेका पुरुषलाई बढी एचआईभीको संक्रमण बताइएको छ ।

चितवनमा पछिल्लो १० महिनामा ८० जना नयाँ एचआइभी संक्रमित फेला परेका छन् । भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरले दिएको जानकारी अनुसार पछिल्लो १० महिनामा ८० जना नयाँ एचआईभी संक्रमित उपचार गर्न आएका छन् । अस्पताल र समुदायस्तरमा १३ हजार ६ सय २५ जनाको एचआईभी परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । जसमध्ये ४३ जना पुरुष, ३५ जना महिला र २ जना बालबालिका रहेका छन् ।